भारतमा उपराष्ट्रपतिको लागि विपक्षीको तर्फबाट पूर्वमन्त्री मार्गरेट अल्वाको उम्मेदवारी

नयाँ दिल्ली । भारतमा अगस्त ६ (साउन २१) मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मार्गरेट अल्वा विपक्षी पार्टीको संयुक्त उम्मेदवार बनेकी छन्।
भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले पश्चिम बंगालका गभर्नर जगदीप धनखर उपराष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार हुने कुरा बताएको एक दिनपछि विपक्षी पार्टीहरुले पनि अल्वालाई उम्मेदवारका रुपमा अगाडी सारेका हुन् ।
एनसीपी प्रमुख शरद पवारले भने, “भारतको उपराष्ट्रपति पदका लागि विपक्षीको उम्मेदवार मार्गारेट अल्वा हुने निर्णय भएको छ।” आइतबार एनसीपी प्रमुख शरद पवारको निवासमा आयोजित बैठकपछि विपक्षी नेताहरूले उनको नाम टुंगो लगाएका हुन्।
बैठकमा कांग्रेस, टीएमसी, सीपीआईएम, आरजेडी, एसपीलगायत सबैजसो प्रमुख विपक्षी दल सहभागी थिए। उपराष्ट्रपतिको उम्मेदवारमा प्रस्तावित अल्वाले यसअघि राजस्थानको राज्यपालको रूपमा सेवा गरेकी थिइन्।
मार्गरेट अल्वालाई ४२ वर्षको उमेरमा केन्द्रीय मन्त्री बनाइएको थियो। अल्वाको जन्म सन् १९४२ मा मंगलौरमा भएको थियो। उनी पूर्व मद्रास प्रेसिडेन्सीको विभिन्न भागमा हुर्किएकी थिइन्।
भारतीय निजामती सेवाका एक सदस्यकी छोरी विवाहपछि अल्वा परिवारमा जाडिएकी हुन्।
अल्वाले प्रधानमन्त्री इन्दिरा गान्धी, राजीव गान्धी र नरसिंह रावको अधीनमा रहेर धेरै जिम्मेवारी सम्हालेकी थिइन्।
निर्वाचन आयोगले सन् २०२२ अगस्ट ६ मा भारतको १६ औं उपराष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम यस पहिले नै सार्वजनिक गरिसकेको छ।
















दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया