भारतमा उपराष्ट्रपतिको लागि विपक्षीको तर्फबाट पूर्वमन्त्री मार्गरेट अल्वाको उम्मेदवारी

नयाँ दिल्ली । भारतमा अगस्त ६ (साउन २१) मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मार्गरेट अल्वा विपक्षी पार्टीको संयुक्त उम्मेदवार बनेकी छन्।
भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले पश्चिम बंगालका गभर्नर जगदीप धनखर उपराष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार हुने कुरा बताएको एक दिनपछि विपक्षी पार्टीहरुले पनि अल्वालाई उम्मेदवारका रुपमा अगाडी सारेका हुन् ।
एनसीपी प्रमुख शरद पवारले भने, “भारतको उपराष्ट्रपति पदका लागि विपक्षीको उम्मेदवार मार्गारेट अल्वा हुने निर्णय भएको छ।” आइतबार एनसीपी प्रमुख शरद पवारको निवासमा आयोजित बैठकपछि विपक्षी नेताहरूले उनको नाम टुंगो लगाएका हुन्।
बैठकमा कांग्रेस, टीएमसी, सीपीआईएम, आरजेडी, एसपीलगायत सबैजसो प्रमुख विपक्षी दल सहभागी थिए। उपराष्ट्रपतिको उम्मेदवारमा प्रस्तावित अल्वाले यसअघि राजस्थानको राज्यपालको रूपमा सेवा गरेकी थिइन्।
मार्गरेट अल्वालाई ४२ वर्षको उमेरमा केन्द्रीय मन्त्री बनाइएको थियो। अल्वाको जन्म सन् १९४२ मा मंगलौरमा भएको थियो। उनी पूर्व मद्रास प्रेसिडेन्सीको विभिन्न भागमा हुर्किएकी थिइन्।
भारतीय निजामती सेवाका एक सदस्यकी छोरी विवाहपछि अल्वा परिवारमा जाडिएकी हुन्।
अल्वाले प्रधानमन्त्री इन्दिरा गान्धी, राजीव गान्धी र नरसिंह रावको अधीनमा रहेर धेरै जिम्मेवारी सम्हालेकी थिइन्।
निर्वाचन आयोगले सन् २०२२ अगस्ट ६ मा भारतको १६ औं उपराष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम यस पहिले नै सार्वजनिक गरिसकेको छ।










एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया