युक्रेनी प्रथम महिला किन अमेरिका भ्रमणमा छिन् ?

किभ । उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का अमेरिका भ्रमणमा रहेकी छिन् । प्रथम महिलाको भ्रमण उनको पति तथा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कांग्रेसलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेको एक महिनापछि आएको हो ।
सो अवसरमा उनले थप सैन्य उपकरणहरूको लागि अमेरिकालाई दबाब दिएका थिए । जेलेन्स्काले सोमबार विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई भेटिन । मंगलबार उनले समकक्षी जिल बाइडेनसँग वार्ता गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । उनले बुधबार क्यापिटल हिलमा सांसदहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रथम महिलाबीचको यो भेट दोस्रो पटक भएको हो । यसअघि मे महिनामा जिल बाइडेनले अघोषित भ्रमणका क्रममा जेलेन्स्कासँग भेट गरेकी थिइन् । युक्रेन सरकारमा जेलेन्स्काको कुनै आधिकारिक पोर्टफोलियो छैन् । युक्रेनमा रुसले हमला गरेको पाँच महिनापछि पनि किभले अमेरिकाबाट ठूलो मात्रामा सैन्य तथा राजनीतिक सहयोगको अपेक्षा गरिरहेको छ ।
कंग्रेसले यसअघि युक्रेनका लागि झन्डै ४० अर्ब डलर सहयोग अनुमोदन गरेको छ । उक्त सहयोग सेप्टेम्बरको अन्त्यसम्ममा प्रदान गरिने जनाइएको छ । सोमबार जेलेन्स्काले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सीका प्रमुख सामन्था पावरलाई पनि भेट गरिन् । (एजेन्सीहरुको सहयोगमा)
















पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया