युक्रेनी प्रथम महिला किन अमेरिका भ्रमणमा छिन् ?

किभ । उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का अमेरिका भ्रमणमा रहेकी छिन् । प्रथम महिलाको भ्रमण उनको पति तथा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कांग्रेसलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेको एक महिनापछि आएको हो ।
सो अवसरमा उनले थप सैन्य उपकरणहरूको लागि अमेरिकालाई दबाब दिएका थिए । जेलेन्स्काले सोमबार विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई भेटिन । मंगलबार उनले समकक्षी जिल बाइडेनसँग वार्ता गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । उनले बुधबार क्यापिटल हिलमा सांसदहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रथम महिलाबीचको यो भेट दोस्रो पटक भएको हो । यसअघि मे महिनामा जिल बाइडेनले अघोषित भ्रमणका क्रममा जेलेन्स्कासँग भेट गरेकी थिइन् । युक्रेन सरकारमा जेलेन्स्काको कुनै आधिकारिक पोर्टफोलियो छैन् । युक्रेनमा रुसले हमला गरेको पाँच महिनापछि पनि किभले अमेरिकाबाट ठूलो मात्रामा सैन्य तथा राजनीतिक सहयोगको अपेक्षा गरिरहेको छ ।
कंग्रेसले यसअघि युक्रेनका लागि झन्डै ४० अर्ब डलर सहयोग अनुमोदन गरेको छ । उक्त सहयोग सेप्टेम्बरको अन्त्यसम्ममा प्रदान गरिने जनाइएको छ । सोमबार जेलेन्स्काले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सीका प्रमुख सामन्था पावरलाई पनि भेट गरिन् । (एजेन्सीहरुको सहयोगमा)










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया