नेप्से परिसूचक ४.८९ अंकले बढ्याे
मेरोन्यूज
२०७९ साउन ४ गते १५:३२

काठमाडौं । साताको चौथो दिन बुधबार सेयरबजारमा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएको छ ।
चालु आर्थिक वर्षमा सेयर बजारमा क्रमिक सुधार देखिएको छ । तर, पनि कारोबार खासै माथि उक्लिन सकेको छैन । नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।
अघिल्लो दिन सुधार देखिएको कारोबार बुधबार पुनः घट्न पुगेको छ । १ अर्ब ७३ करोडमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको सेयर खरिदबिक्री भएको छ । कम्पनीको १६ करोड ४२ लाख रुपैयाँमाथि कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख, आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाख, गोर्खाज फाइनान्सको ५ करोड २२ लाख र नेपाल पुनबिमा कम्पनीको ५ करोड २ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।
सम्बन्धित















बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
अल्ट्रा धावक टोली भारत प्रस्थान
कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया