भारतीय गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन ६ गते ९:११
काठमाडौँ । मोरङमा भारतीय गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका २ मा भारतीय नम्बर प्लेटको टेलरको ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीम बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर प्लेटका एफ आर ३८ एफ २२१० नम्बरको टेलर गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको हो ।
प्रहरीले भारतीय सवारी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित
















ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया