लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क प्रस्थान

काठमाडौं । महिला फुटबल रेफ्री द्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउन त्यसतर्फ प्रस्थान गरेका छन् । डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई रेफ्री शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
दुई रेफ्रीसँगै नेपाल क्रिकेट टिमबाट राजिनामा दिएका पुबुदु दासानायके समेत स्वदेश फर्किएका छन् । रेफ्री द्वय श्रेष्ठ र धिमालले घरेलु महिला प्रतियोगितासँगै एएफसी यु–१४, यु–१४ महिला साफ च्याम्पियनसिप, १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)लगायत प्रतियोगितामा असिस्टेन रेफ्रीको भूमिका निर्वाह गरेका छन् ।
सन् सन् १९८२ बाट आयोजना सुरु भएको डाना कपमा ४५ देशका एक हजारभन्दा बढी टिम सहभागी हुने आयोजक टिमका मार्केटिङ म्यानेजर एलिसन लाइज फोरम्यानले जानकारी गराएका छन् ।
जुन प्रतियोगिता डेममार्कनै सवैभन्दा ठूलो स्पोर्टस् इभेन्ट हो । जसलाई विश्वकै सबैभन्दा ‘टप’ वरियताको युथ प्रतियोगिता मानिन्छ । युईएफएले मान्यता दिएको प्रतियोगितामा २० हजारभन्दा बढी सहभागी हुनेछन् ।









पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सांग्रिला मोटर्सले लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प गर्दै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया