दुर्लभ चुच्चे ह्वेल समुद्री किनारमै देखिए, वैज्ञानिकहरू बने चिन्तित

काठमाडौँ । गहिरो समुन्द्रमा पाइने धेरै अनौठो र विरलै देखिने चुच्चे ह्वेलहरू नेदरल्यान्ड्सको किनारमा भेटिएका छन् । एसओएस डल्फिन फाउन्डेसनका अनुसार जुलाई १९ मा नेदरल्यान्ड्सको समुद्री तटमा तीन वटा चुच्चो ह्वेलहरू फेला परेका थिए ।
उक्त ह्वेलहरूलाई समुद्री किनारबाट टाढा राख्न आवश्यक रहेको विवरणमा जनाइएको छ । गहिरो समुद्री ह्वेललाई उत्तरी सागरको सतही पानीमा बाँच्न गाह्रो हुने भन्दै पछिल्लोपटक देखिएको दृश्य चिन्ताजनक भएको फाउन्डेसनले जनाएको छ ।
चुच्चो ह्वेल असामान्य र अस्पष्ट २४ प्रजातिहरूको एक विविध समूह हो । तिनीहरू लम्बाइमा ४२ फिटसम्म पुग्न सक्छन् । समुद्री जनावरमा असामान्य मानिने चुचे ह्वेल समुद्रमा शिकार गर्न ठूलो गहिराइमा डुबुल्की मार्छन् ।
तिनीहरू लगभग ९ हजार फिटको गहिराइमा डुब्न सक्छन् । चार घण्टाभन्दा बढी आफ्नो सास रोक्न सक्छन् । लन्डनको सेटासियन स्ट्रान्डिङ इन्भेस्टिगेसन प्रोग्राम (सीएसआइपी)को जुलोजिकल सोसाइटीका परियोजना प्रबन्धक रोब डेभिलका अनुसार धेरै चुच्चे ह्वेलहरू सिकारी र मानव र्सिजित प्लास्टिक प्रदूषणले मरेर किनारमा पुग्छन् ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया