बुधबार, पुष २, २०८२

पाकिस्तानमा बाढीको कहरः ५० घर र पावर स्टेसन जलमग्न

मेरोन्यूज २०७९ साउन ९ गते ८:००

इस्लामाबाद । पाकिस्तानको माथिल्लो कोहिस्तानमा आएको बाढीका कारण कम्तीमा ५० घर र मिनी पावर स्टेसन डुबानमा परेका छन् ।

भारी वर्षाको कारण अचानक बाढी आएको र माथिल्लो कोहिस्तानको कान्डिया तहसीलमा ठूलो क्षति पु¥याएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण ९पीडीएमए०का अधिकारीहरूले बताएका छन् । चित्राल र पेशावरमा भारी वर्षासँगै आएको बाढीमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको पीडीएमएले जनाएको छ ।
बाढीग्रस्त क्षेत्रमा उद्दारकर्ताहरु परिचालन गरिएको छ ।

प्रतिक्रिया