ब्ल्याकमेल गरी युवतीमाथि बलात्कार, दुई जना पक्राउ
रुपन्देही । जिल्लामा एक युवतीलाई निजी तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरेर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गैडहवा गाउँपालिका ९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका १ का १७ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रोई आत्तिएको अवस्थामा शनिबार राति फेला पारेको थियो ।
ती युवतीलाई सोधपुछ गर्दा दुई किशोरले युवतीको विभिन्न फोटो फेसबुकमा राखी भाइरल गरिदिन्छु भन्दै ब्ल्याक मेल गरी शनिबार साँझ भेट्न बोलाएका थिए ।
किशोरहरूले युवतीलाई यौन सम्पर्क गर्न देऊ अनिमात्र तिम्रो फोटाहरू फालिदिन्छौँ भनी त्रासमा पारेर जबर्जस्ती करणीको प्रयास गर्दा युवती भागेर आएको खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न दुवै जनालाई प्रहरीले आइतबार सैनामैना नगरपालिका ७ देउवापारबाट पक्राउ गरेको छ । उनीहरूको साथबाट युवतीको निजी तस्बिर भएको एक थान मोबाइल बरामद भएको प्रहरीको भनाइ छ ।
















भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया