सानिमा बैंकको भिडिओ केवाईसी सेवा सुरु

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि भिडिओ केवाईसी सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर यो सेवा लिन सक्ने छन् । ग्राहकहरु आफ्नो खाता सुरु गर्न बैंकसम्म आउनु पर्ने झन्झटबाट मुक्त भएका छन् ।
यो सुविधामार्फत् ग्राहकले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नु पर्ने अनिवार्य कार्य कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्ने छन् ।
ग्राहकले अनलाइन खाता खोल्दा यसको विकल्प रोजी कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नु पर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कलमार्फत् गरिने छ ।
यो सेवा प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक एक करोडसम्म खर्च गर्न सक्ने छन् ।
सानिमा बंैकको देशका सबै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया