शनिबार, माघ ३, २०८२

सानिमा बैंकको भिडिओ केवाईसी सेवा सुरु

मेरोन्यूज २०७९ साउन ९ गते १८:३२

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि भिडिओ केवाईसी सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर यो सेवा लिन सक्ने छन् । ग्राहकहरु आफ्नो खाता सुरु गर्न बैंकसम्म आउनु पर्ने झन्झटबाट मुक्त भएका छन् ।

यो सुविधामार्फत् ग्राहकले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नु पर्ने अनिवार्य कार्य कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्ने छन् ।

ग्राहकले अनलाइन खाता खोल्दा यसको विकल्प रोजी कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नु पर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कलमार्फत् गरिने छ ।

यो सेवा प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नोे खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक एक करोडसम्म खर्च गर्न सक्ने छन् ।
सानिमा बंैकको देशका सबै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया