श्रीलंकामा राष्ट्रपति निवासबाट चोरिएका सुनको जलप लगाइएका ४० सकेट बेच्ने पक्राउ

कोलम्बो । श्रीलंकाको राजधानी कोलम्बोमा गम्भीर आर्थिक संकटलाई लिएर अभूतपूर्व सरकार विरोधी प्रदर्शनका क्रममा दरबारभित्र पसेका प्रदर्शनकारीले राष्ट्रपति भवनबाट चोरी गरेका सुनको जलप लगाएका पितलका ४० ओटा सकेट बेच्न खोज्ने तीन जनालाई श्रीलंकाको प्रहरीले पक्राउ गरेको छ ।
जुलाई ९ मा सरकार विरोधी प्रदर्शनकारीहरूले पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेको आधिकारिक निवास र पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेका निजी घर कब्जा गरेका थिए । प्रदर्शनकारीले विक्रमासिंघेको निजी घरमा आगजानी गरेका थिए ।
विरोधका क्रममा ९ जुलाईमा फोर्टस्थित राष्ट्रपति भवनमा प्रवेश गर्ने तीन जनालाई झ्यालको पर्दा झुन्ड्याउन भित्ताहरूमा टाँसिएका ४० वटा सुनको जलप लगाइएका पित्तलका सकेटसहित पक्राउ गरिएको अनलाइन पत्रिका डेली मिररले जनाएको छ ।
वेलिकाडा प्रहरीले चोरीका सामान बेच्न खोज्दा आइतबार पक्राउ गरेकोे जनाएको छ ।
















सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया