नेप्से परिसूचक भारी गिरावट, आज कति पुग्यो ?

काठमाडौँ । मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मंगलबार उच्च अंकले गिरावट आएको छ । मंगलबार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.९९ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ३.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३२ अंक घटेको छ । मंगलबार कारोबारमा आएका २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर ९९ लाख ४४ हजार ४८ कित्ता शेयर तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, व्यापार र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
नेप्सेमा गिरावट आए पनि मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ९.३२ प्रतिशतले बढेको छ । यसैगरी सूर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ ।
मंगलबार शिवम सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया