पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरबाट स्वदेश फर्किन सक्छन्ः मन्त्रिपरिषद्का प्रवक्ता

कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे कही नलुकेको र उनी सिंगापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले बताएका छन् । सन् १९४८ पछिकै सबैभन्दा खराब आर्थिक संकटलाई लिएर महिनौंदेखि चलेको आन्दोलनसँगै प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेपछि ७३ वर्षीय गोटाबाया जुलाई ९ मा दरबारबाट गोप्य स्थानमा लुकेका थिए । उनी पहिलो पटक जुलाई १३ मा माल्दिभ्स भागेका थिए र त्यसको भोलिपल्ट सिंगापुर गएका थिए ।
मन्त्रिपरिषद्को साप्ताहिक मिडिया ब्रिफिङमा गोटाबाया राजापाक्षेको बारेमा सञ्चारकर्मीले सोधेको एक प्रश्नमा मन्त्रिपरिषद्का प्रवक्ता रन्डुला गुणवर्द्धनाले पूर्वराष्ट्रपति नलुकेको र उनी सिंगापुरबाट फर्कने अपेक्षा गरिएको बताए ।
यातायात, राजमार्ग तथा आमसञ्चार मन्त्रीसमेत रहेका रन्डुला गुणवर्द्धनाले पूर्वराष्ट्रपति देश छोडेर भागेको र लुकेर बसेकोमा आफूलाई विश्वास नलागेको बताए ।
















पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
सञ्चारमन्त्री डा तिमिल्सिनासँग जापानी राजदूतको शिष्टाचार भेट
Cabinet decides to promote AIG Poudel as APF Chief
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया