शनिबार, माघ ३, २०८२

डिशहोमको नयाँ सेवा शुभारम्भ

मेरोन्यूज २०७९ साउन ११ गते ११:२६

काठमाडौं । डिश मिडिया नेटवर्कले आईपी टिभी सेवा शुभारम्भ गरेको छ । यो सेवालाई ग्राहकले डीटीएचलाई जस्तै साथ र माया दिने कम्पनीले विश्वास लिएको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसंग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवालाई संचालनमा ल्याएको थियो ।

पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसाय लाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, आईपी टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ ।
ग्राहकहरुको मन जित्न सफल ईन्टरनेट सेवा डिशहोम फाईवरनेट, सवैभन्दा वढि सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित टी२ टिभी मार्फत ग्राहकहरु लाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

आईपी टिभीमा सर्टस् टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्लुसिभ च्यानलहरु लगायत २००भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढी विभिन्न कन्टेन्ट लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेको कम्पनीले जनाएको छ । आईपी टिभी सेट टप गर्न निम्न स्पेसिफिकेसन रहेको कम्पनीले जनाएको छ ।

  1. ● Amlogic S905X 64bit quad core ARM® Cortex™ A53 CPU 
  2. ● RAM: 1 GB / ROM: 8 GB ● 100 M RJ 45 Port 
  3. ● Built in Wi-Fi 2.4 Ghz IEEE 802.11 a/b/g/n 
  4. ● 2.0 USB Slots * 2 
  5. ● Power Input: 12V/1 Amp     
  6. ● Quick App Launch Buttons on the Remote 
  7. ● Video Decoding: 4K * 2K @ 60fps H.265 
  8. ● Audio Decoding: MPEG 1/2/2.5, AAC-LC/HEAAC 

प्रतिक्रिया