नबिल इन्भेष्टमेण्ट लिमिटेडले ल्यायाे ‘पिच–नीक’ सेवा

काठमाण्डौ । श्री नबिल इन्भेष्टमेण्ट बैंकिं लिमिटेडले उद्यमी बन्न चाहाने तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि संस्थागत परामर्श दाता सेवा अन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिन पिच–नीक सेवा संचालनमा ल्याएको छ । कम्पनीले प्रत्येक उद्यमीहरु तथा उद्यमी बन्न चाहनेहरुबाट उनिहरुको सम्भव हुनसक्नेसम्मको उत्तम व्यावसायिक बिचारहरु लाई छानीे उक्त व्ययसायिक सोचलाई बास्तविकतामा बदल्न मद्दत गर्ने जनाएको छ ।
साथै कम्पनीले भविष्यमा संचालनमा ल्याउन लागेको बिशिष्टकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरु मार्फत पनि उत्तम व्यावसायिक विचार र नवीतम सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न होस वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्था मार्फत लगानीको वातावरणलाई सहज गरिदिने जनाएको छ । यो सेवा प्राय जसो सुरुवात र हुर्कने अवस्था मा रहेका कम्पनीहरूका लागि आवश्यक हुन सक्छ ।
भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने सेतुको कार्य गर्दछ । यो सेवा अन्तर्गत बैङ्क तथा वित्तिय संस्थाहरूमा व्यवसायिको निर्भरतालाई घटाइ लगानीका अन्य सिर्जनशील उपायहरू द्वारा पूजीँको उपलब्धता गराउने कम्पनीले जनाएको छ ।
त्यस्तै प्राय परिपक्व कम्पनीको विस्तार र विकासका लागि आवश्यक पर्ने प्राइभेट इक्विटी (व्यक्तिगत लगानी) को व्यवस्थापन गरी व्यवसायको व्यवसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरिने छ भने यस अन्तर्गत व्यवसायको बिकास र विस्तारको लागि लगानी सहजकर्ता तथा लगानी व्यवस्थापकको रूपमा कार्य गरी व्यावसायीहरुको व्यावसाय संचालनको लागि सहजिकरण तथा गुणात्मक मुल्य सिर्जना गर्ने कार्य गरिने कम्पनीले जनाएको छ ।
यसरी विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएका बिभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिनुभएका लगानीकर्ताहरु, उद्यमीहरु, तथा नयाँ व्यावसाय संचालन गर्न चाहने व्यावसायी र उद्यमीहरुले आफ्नो विचारहरु यस योजना अन्तर्गत प्रत्येक महिनाको अन्तिम शुक्रवारका दिन कम्पनीमा खडा गरिएको पिच–नीक डेस्कमा सम्पर्क गरी बिना कुनै शुल्क आफ्नो व्यावसायिक विचार र नवीनतम सोचहरु प्रस्तुत गर्नुभई आफुले सोचे अनुसारको व्यावसाय संचालन गर्न सक्षम गराउनु नै यसको प्रमुख उद्देश्य रहेकोले व्यावसायिक सोच भएका व्यवसायी तथा उद्यमीहरुले पनि यसबाट पूर्ण रुपमा फाईदा लिनु हुनेछ भन्ने कम्पनीले विश्वास लिएकोछ । महिनाको अन्तिम शुक्रबार कुनै कारणबस विदा परेमा लगत्तैको अर्को कार्यदिनमा यस कार्यक्रम सञ्चालन हुने नबिल ईन्भष्टमेण्टले जनाएकोछ ।















खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया