माधव नेपाल भन्छन्-‘देशको रक्षाको निम्ति एकतावद्ध भएर अगाडी बढौँ’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनैपनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पना पनि गर्नु नहुने बताएका हुन् ।
उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरुको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडी बढ्नुपर्ने बताए । अध्यक्ष नेपालले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको नीतिको मामिलामा राष्ट्रिय सहमती हुनुपर्ने बताए ।
उनले नेपालले आर्थिक सहयोग लिँदा राष्ट्रिय हीतमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्नु नहुने बताए । ‘देशको रक्षाको निम्ति एकतावद्ध भएर अगाडी बढौँ । हामीले परराष्ट्र नीतिको मामिलामा, राष्ट्रिय सुरक्षा नीतिको मामिलामा नेपालमा राष्ट्रिय सहमति कायम गर्ने कुरा ठिक हो । व्यापक छलफल, परामर्श गर्ने कुरा पनि ठिक हो । नेपालले आर्थिक सहयोग लिँदा पनि अनुचित शर्तहरुमा सही गर्ने गरेको कुरा पनि सुन्नमा आउँछ । अनुचित शर्तहरु स्वीकार गरेर आर्थिक सहयोग पनि लिने कुरा आउँदैन ।’ उनले भने, ‘त्यसो हुनाले नेपालको हीतमाथि आघात पुग्ने किसिमका अनुचित शर्तहरु राखेर आर्थिक सहायता पनि आउँछन् भने मान्नुहुँदैन भने सैनिक कुरासँग जोडिएको, सुरक्षासँग जोडिएका कुराहरुमा कुनै गठबन्धमा, कुनै कसैकोएलायन्स बनेर जाने कुराको सन्दर्भमा नेपालले सामेल हुने कल्पना नगरेपनि हुन्छ । नेपालीहरुको यो अडान हो । नेपालका राजनीतिक पार्टीहरुको यही अडान हुनुपर्दछ । र त्यो अडानमा अहिलेको सरकारले पनि खुट्टा नकमाईकन अगाडी बढ्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री नेपालले देशको रक्षाको निम्ति सबै एकतावद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया