कोरोना उत्पत्ति वुहानमा फेरि लक डाउन

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) उत्पत्ति भएको मानिएको चीनको वुहानमा पुनः लकडाउन सुरु भएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ ।
जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउण्डमा बस्न आदेश दिइएको छ ।
चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् । कोभिडविरुद्ध कडाइले चीनमा अन्य देशको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ ।
लगातारको प्रतिबन्धले मानिस मर्कामा परेका छन् । तसर्थ, धेरैले यसको विरोध गरेका छन् । एक करोड २० लाख जनसंख्या भएको वुहानमा नियमित परीक्षणका क्रममा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो ।
त्यस्तै, कन्ट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा संक्रमण भेटिएको पाइएको थियो । त्यस लगत्तै लकडाउन घोषणा गरिएको थियो ।









रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया