स्थानीय तहको निर्वाचनमा प्राप्त भएको बजेट शतप्रतिशत खर्च

अछाम । स्थानीय तहको निर्वाचनमा अछाममा प्राप्त भएको बजेट करिब शतप्रतिशत खर्च भएको छ ।
अछामका १० वटा स्थानीय तहका लागि तीन करोड ८९ लाख ९८ हजार चार सय १५ रुपैयाँ प्राप्त भएकोमा तीन करोड ८९ लाख ९३ हजार एक सय ९४ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामले जानकारी दिएको छ । पाँच हजार दुई सय २१ रुपैयाँ मात्रै फिर्ता भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलसैनलाई दुई करोड १३ लाख ७४ हजार प्राप्त भएकोमा दुई करोड १३ लाख ७३ हजार गरेको छ । यस्तै, निर्वाचन अधिकृतको कार्यालय चौरपाटीलाई १७ लाख ७९ हजार ६९० रुपैयाँ प्राप्त भएकोमा १७ लाख ७९ हजार १०३ रुपैयाँ खर्च भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय साँफेबगरलाई २४ लाख २५ हजार ८४० रुपैया प्राप्त भएकोमा २४ लाख २५ हजार ५२८ खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय मेल्लेखलाई २० लाख ४८ हजार प्राप्त भएकोमा २० लाख ४७ हजार ९९६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामको तथ्याकमा उल्लेख छ ।
निर्वाचन अधिकृतको कार्यालय वान्नीगढी जयगढलाई १७ लाख ८१ हजार ४९० रुपैयाँ प्राप्त भएकोमा १७ लाख ८० हजार ७१५ खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय रामारोशनलाई २० लाख २९ हजार प्राप्त भएकोमा २० लाख २८ हजार ५५७ रुपैया खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय कमलबजारलाई १७ लाख ९२ हजार बजेट प्राप्त गरेकोमा १७ लाख ९१ हजार ५९६ खर्च गरेको छ ।
यस्तै निर्वाचन अधिकृतको कार्यालय पन्चदेवल विनायकलाई २० लाख ८५ हजार प्राप्त भएकोमा २० लाख ८४ हजार खर्च भएको छ । निर्वाचन अधिकृतको कार्यालय तुर्माखाँदलाई १९ लाख ७४ हजार रकम प्राप्त भएकोमा १९ लाख ७३ हजार ७६५ खर्च र निर्वाचन अधिकृतको कार्यालय ढकारीलाई १७ लाख आठ हजार ४९० रुपैयाँ प्राप्त भएकोमा १७ लाख आठ सय रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अछामले जानकारी दिएको छ ।

















वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
अमेरिककाे एक विश्वविद्यालयमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु, एक घाइते
झापाबाट काठमाडाैं फर्किए पूर्वराजा ज्ञानेन्द्र
नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया