तत्काल समाजवादी केन्द्र बन्दैन : प्रचण्ड
मेरोन्यूज
२०७९ साउन १३ गते १७:२६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पार्टी एकता नहुने बताएका छन् । नेकपा एमालेबाहेक कम्युनिष्ट पार्टीहरू मिलेर वाम एकता हुने चर्चा हुँदै गर्दा प्रचण्ड यस्तो बताएका हुन् ।
प्रचण्डले आगामी संघ र प्रदेशसभा निर्वाचनसम्म यही गठबन्धन अगाडि जाने बताए । ‘यही गठबन्धन अगाडि जान्छ,’ उनले भने, ‘यो छलफल केही नेताले उठाउनु भएको हो, तर त्यो बन्ने गरी छलफल चलेको छैन, त्यसकारण तत्काल समाजवादी केन्द्र बन्दैन ।’
पछिल्लो समय माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र पूर्व एमाले नेता वामदेव गौतमसहितको समाजवादी केन्द्र बन्ने विषय उठ्दै आएको थियो ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया