नबिल बैंकद्वारा ३१ कम्पनीको एनआई तयार

काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले ३१ वटा कम्पनीहरूको अन्तिम मूल्यको आधारमा एनआई ३१ तयार गर्ने भएको छ । बैंकले भविष्यमा सञ्चालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहकलाई लक्षित गरी आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भएका कम्पनीको एनआई तयार गर्ने भएको हो ।
छनौटमा परेका कम्पनीहरुको दैनिक कारोबारका आधारमा तयार गरिने एनआई ३१ दैनिक रुपमा कम्पनीको आधिकारिक वेवसाइड तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यस्तो सेवाबाट आम लगानीकर्तालाई कम्पनीमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने कम्पनीले जनाएको छ ।
नेपाल स्टक एक्चेञ्जबाट तयार हुने नेप्से इन्डेक्स भारित औषत पूँजीगत मूल्यका आधारमा तयार हुन्छ भने एनआई ३१ नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण भई दैनिक रुपमा कारोबार सबै कम्पनीमध्येबाट विविधीकरणका आधारमा ३१ वटा कम्पनी छनौट भएको हो ।
पूँजीगत औषतका कमी कमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनीको मूल्यमा हुने परिवर्तनबाट समग्र पूँजी बजारको अध्ययन गर्नसमेत यसले सहयोग पु¥याउने विश्वास कम्पनी लिएको छ । यसका लागि फोन नम्बर ४४११६०४, ४४११७३३ (एक्टेन्सन नम्बर १५६, १६५ र १३१) सम्पर्क गर्न सकिने छ ।















सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया