नबिल बैंकद्वारा ३१ कम्पनीको एनआई तयार

काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले ३१ वटा कम्पनीहरूको अन्तिम मूल्यको आधारमा एनआई ३१ तयार गर्ने भएको छ । बैंकले भविष्यमा सञ्चालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहकलाई लक्षित गरी आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भएका कम्पनीको एनआई तयार गर्ने भएको हो ।
छनौटमा परेका कम्पनीहरुको दैनिक कारोबारका आधारमा तयार गरिने एनआई ३१ दैनिक रुपमा कम्पनीको आधिकारिक वेवसाइड तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यस्तो सेवाबाट आम लगानीकर्तालाई कम्पनीमा लगानीका लागि उचित निर्णय लिन अझ सहज हुने कम्पनीले जनाएको छ ।
नेपाल स्टक एक्चेञ्जबाट तयार हुने नेप्से इन्डेक्स भारित औषत पूँजीगत मूल्यका आधारमा तयार हुन्छ भने एनआई ३१ नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण भई दैनिक रुपमा कारोबार सबै कम्पनीमध्येबाट विविधीकरणका आधारमा ३१ वटा कम्पनी छनौट भएको हो ।
पूँजीगत औषतका कमी कमजोरी तथा विशेषताको तुलना गर्न तथा थोरै कम्पनीको मूल्यमा हुने परिवर्तनबाट समग्र पूँजी बजारको अध्ययन गर्नसमेत यसले सहयोग पु¥याउने विश्वास कम्पनी लिएको छ । यसका लागि फोन नम्बर ४४११६०४, ४४११७३३ (एक्टेन्सन नम्बर १५६, १६५ र १३१) सम्पर्क गर्न सकिने छ ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया