मंगलबार, वैशाख २२, २०८३

अरिङ्गालले टोक्दा पुरुषको मृत्यु

मेरोन्यूज २०७९ साउन १३ गते २१:१७

काठमाडौँ । अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका १ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा ज्यान गएको हो ।

Advertisement
NiccNicc

अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

परियार गए राति घर नजिककैको जंगलमा अरिङ्गाल पोल्न गएको र अरिङ्गाल पोल्ने क्रममा टोकेपछि घाइते भएका थिए ।

प्रतिक्रिया