बिजुली बिक्रीबाट आम्दानी वृद्धि भएपछि आँखुखोलाको नाफा बढ्यो

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २२५८.५ धेरै हो । अघिल्लो वर्ष यसले १० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढोत्तरी भएसँगै नाफा बढेको छ । अघिल्लो वर्ष १९ करोड ३५ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर २२ करोड २९ लाख रुपैयाँ पुर्याएको छ ।
यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ९ लाख ३१ हजार रुपैयाँ रहेको अन्य श्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ७ लाख ९३ हजार रुपैयाँ भएको छ । हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १० पैसा ९वार्षिक० र प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ १८ पैसा छ ।















सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया