चुलाचुली गाउँपालिकाले घर घरमा नै सामाजिक सुरक्षा भत्ता पठाउने

इलाम । चुलाचुली गाउँपालिकाले अब स्थानियको घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई पालिका सदरमुकामको बैङ्कसम्म आउन जान समस्या भएपछि गाउँपालिकाले घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागेको हो ।
बर्खाको समयमा चुलाचुलाीका ६ वटा वडालाई एक दर्जन बढी स–साना खोलाले घेराबन्दीमा गर्ने र कतिपय सो खोलमा पुलसमेत नभएकाले सेवाग्राहीलाई बैंकसम्म नै आएर सामाजिक सुरक्षा भत्ता लिन असहज हुदैँ आएको थियो ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसुार बैङकसम्म आएर सामाजिक सुरक्षा भत्ता लिनका लागि स्थानियले हैरानी ब्योर्होनु परेको र सो हैरानीलाई कम गर्नका लागि सो पालिकाले निर्णय नै गरेर घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खोजिएको हो ।
जसअनुसार सोही पालिकामा रहेको एनएमबी बैङ्कसँगको सहकार्यमा घर–घरमा नै पुगेर अब देखी सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । जसका लागि पालिकाभित्र रहेका सवै घरहरुको नम्बर व्यवस्थितसमेत गरिनेछ ।














राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित
राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया