चुलाचुली गाउँपालिकाले घर घरमा नै सामाजिक सुरक्षा भत्ता पठाउने

इलाम । चुलाचुली गाउँपालिकाले अब स्थानियको घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई पालिका सदरमुकामको बैङ्कसम्म आउन जान समस्या भएपछि गाउँपालिकाले घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागेको हो ।
बर्खाको समयमा चुलाचुलाीका ६ वटा वडालाई एक दर्जन बढी स–साना खोलाले घेराबन्दीमा गर्ने र कतिपय सो खोलमा पुलसमेत नभएकाले सेवाग्राहीलाई बैंकसम्म नै आएर सामाजिक सुरक्षा भत्ता लिन असहज हुदैँ आएको थियो ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसुार बैङकसम्म आएर सामाजिक सुरक्षा भत्ता लिनका लागि स्थानियले हैरानी ब्योर्होनु परेको र सो हैरानीलाई कम गर्नका लागि सो पालिकाले निर्णय नै गरेर घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने खोजिएको हो ।
जसअनुसार सोही पालिकामा रहेको एनएमबी बैङ्कसँगको सहकार्यमा घर–घरमा नै पुगेर अब देखी सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ । जसका लागि पालिकाभित्र रहेका सवै घरहरुको नम्बर व्यवस्थितसमेत गरिनेछ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया