काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारको विभत्स हत्या
मेरोन्यूज
२०७९ साउन १६ गते १३:१८

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार परिवारका श्रीमान-श्रीमती र दुई छोराछोरीको हत्या भएको हो ।
प्रहरीका अनुसार १३ वर्षकी छोरी र ८ वर्षका छोरा रहेका छन् । मृतकहरुको थर पाण्डे रहेको बताइएको छ । उनीहरुको पहिचान भने खुलेको छैन ।
उनीहरुको हत्या कसले र किन गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार मृतकहरुको पुख्र्यौली घर गोरखा बोर्लाङको नारनपुर हो ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी पुगेर अनुसन्धान सुरु गरेका छन् ।
सम्बन्धित















हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया