कोभिडले रोजगारी गुमाएका परिवारलाई आर्थिक सहयोग

बनेपा । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९बाट रोजगारी गुमाएका अति विपन्न परिवारलाई रु १० हजार सहयोग गरेको छ ।
नगरप्रमुख टोकबहादुर वाइबाले सोमबार सो रकम वितरण गर्दै विपन्न परिवारको आर्थिक अवस्था माथि उठाउन नगरपालिकाले सहयोग गरेको बताए । “प्रतिव्यक्तिका हिसाबले हेर्दा रकम थोरै छ, तर यसलाई सही ढङ्गले सदुपयोग गरेको खण्डमा यो परिवार धान्ने माध्यमका रूपमा पनि जग बन्ने छ”, नगरप्रमुख वाइबाले भने, “प्राप्त रकमलाई उचित सदुपयोग गर्नुहोला ।”
उपप्रमुख विष्णुमणि नेपालले प्राप्त रकमलाई सही ठाउँमा सही ठाउँमा लगानी गरेर आयआर्जन बढाउन आग्रह गरे । लेखा अधिकृत पुष्पराज बजागाईँले अहिले वितरण गरेको रकम अघिल्लो वर्षको फागुन, चैतमा नै हस्तान्तरण गर्नुपर्ने भए पनि निर्वाचनका कारण पछि सरेको बताए । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले कोभिड व्यवस्थापनमा नगरपालिकाले उच्चस्तरको काम गरेको बताए । उनका अनुसार कोरोना सङ्क्रमणबाट २३ जनाले ज्यान गुमाएका थिए ।
नगरपालिकाका रोजगार संयोजक सुरज पौडेलका अनुसार नगरपालिकाले नगरभित्रका ५८७ अतिविपन्न परिवारलाई रु ५८ लाख ७० हजार वितरण गरिएको बताए। नगरपालिकाले यसअघि कोभिडबाट निधन भएका व्यक्तिको परिवारलाई रु ५० हजारका दरले राहत सहयोग उपलब्ध गरिएको थियो ।















राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रविको निर्देशनपछि आइतबारका लागि सारियो रास्वपा सचिवालय बैठक
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया