भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्दै

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् ।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । जिल्ला अस्पताल बैतडीमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । जसमध्ये आधामा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ, लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो हुने गरेको छन् । कुनै कुनैमा कोरोना सङ्क्रमण पनि देखिन थालेको छ । उनले भने, “गएको सातादेखि अस्पतालमा बिरामीकोे चाप बढ्दै गएको हो, कुनै कुनै ज्वरोका बिरामीलाई भर्ना गरेर पनि उपचार गर्नु परेको छ ।”निरन्तर वर्षा भइरहेको र दूषित पानीको प्रयोगले भाइरल ज्वरोका बिरामी बढेका हुन् ।
उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो ज्वरो र रुघाखोकीका आउने श्रीकोट स्वास्थ्य चौकीका प्रमुख वीरसिंह भाटले बताए । उनले भने, “एक हप्तायता स्वास्थ्य चौकीमा आउने बिरामीहरुमध्ये धेरै ज्वरो र रुघाखोकीका छन् । भाइरल ज्वरोबाट बालबालिका बढी प्रभावित भएका छन् ।”
सरकारीमा मात्रै नभएर निजी मेडिकलमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनदेखि आफ्नो मेडिकलमा पनि ज्वरोका बिरामी बढ्दै गएका प्रकाश मेडिकल हलका सञ्चालक प्रकाशचन्द्र भट्टले बताए । बालबालिकालाई समेत भाइरल ज्वरोले नछोडेको उनको भनाई छ ।
मौसममा परिवर्तन र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको हो । वर्षातको समयमा पानीका मुहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न तथा पानी उमालेर पिउन जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक दीपेश श्रेष्ठको आग्रह रहेको छ । यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया