शनिबार, माघ १०, २०८२

९० लाख रुपैयाँ ठगी गर्ने महिला पक्राउ

मेरोन्यूज २०७९ साउन १७ गते १८:२७

काठमाडौँ । ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । ९० लाख रुपैयाँ बैंकिङ कसुर मुद्दामा उनी पक्राउ परेकी हुन् ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको बंगलामुखीबाट सोमबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

प्रतिक्रिया