केपी ओलीको आरोप : नेकपा कालमा दुःख दिने पाँच नेता देशद्रोही

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपामा आफूविरुद्ध उत्रिएका पाँच नेतालाई देशद्रोहीको आरोप लगाएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई जनविरोधी र देशद्रोहीको आरोप लगाएका हुन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्य स्मृति दिवसमा उनले सत्तारुढ गठबन्धनबाहिर रहेका वामपन्थी दललाई एकतामा आउन आग्रह गरेका छन् । यस्तै, गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीहरूलाई आत्मालोचना गरेर आए सोच्ने बताए ।
‘गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर त्यसका उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा पनि विचार गर्न सकिएला, गठबन्धनमा बसेर दुष्ट उद्देश्य राखेर अस्ति त पाँच भाइ भेला भएछन्,’ ओलीले भने, ‘जो नेकपा कालमा हुँदा दुःख दिनेहरू थिए नि, पाँच भाइ पार्टी फुटाउने जम्मा भएछन्, अनि के पो बनाउने भने, समाजवादी केन्द्र बनाउने, समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ?, यी जनविरोधी, देशद्रोही, यी एमसीसी, यी एसपीपी, यिनीहरू समाजवादी ? यिनीहरू न समाजवादी हुन्, न केही हुन् ।’
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया