शनिबार, माघ १०, २०८२

६ लाख रुपैयाँ घुस लिएका उपसचिवको गाडीबाट थप साढे १६ लाख बरामद

मेरोन्यूज २०७९ साउन १७ गते २०:०७

काठमाडौँ । सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार अवैध रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाल घुस लिँदै गर्दा नियन्त्रणमा लिएको थियो ।

उनले प्रयोग गर्दै आएको बा १ झ ९९४६ नम्बरको सरकारी गाडी जाँच गर्दा थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ । उक्त रकमसमेत उनले घूसबापत लिएको आशंका गरिएको छ ।

प्रतिक्रिया