२१ चिनियाँ लडाकु विमान ताइवानको वायु क्षेत्रमा प्रवेश

काठमाडौँ । करिब २० भन्दा बढी चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका ताइपेईका अधिकारीले बताएका छन् । अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा चिनियाँ सैन्य विमान उडेको हो ।
टापुको रक्षा मन्त्रालयले ट्वीटरमा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘ओटा २१ ओटा चिनियाँ जनसेनका विमान ताइवानको दक्षिण पश्चिम एडीआईजेड २ अगस्टमा प्रवेश गरेका छन् ।’ सभामुख पेलोसी मंगलबार साँझ ताइवान पुगेकी थिइन् ।
चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने चेतावनी दिँदै आएको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् । चीनको कडा विरोधबीच पेलोसी एसिया भ्रमणका क्रममा ताइवान पुगेकी थिइन् ।
चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ । ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन् । पेलोसीले बुधवार बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया