मनकामना केबलकारको सेवा ६ हप्ता बन्द हुने
मेरोन्यूज
२०७९ साउन १८ गते १२:०६

काठमाडौँ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले प्रविधि स्तरोन्नति गर्ने प्रयोजनका लागि आगामी २३ गतेदेखि सेवा बन्द गर्ने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नका लागि सेवा बन्द गर्ने भएको हो ।
यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने छ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्म जान यात्रुहरूलाई थप सहज र भर पर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकले गर्ने छन् ।
स्तरोन्नति कार्य करिब पाँचदेखि छ हप्तामा सम्पन्न हुने छ । यस अवधिभर केबलकार सेवा बन्द रहेता बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया