जनश्रममा विप्लव नेतृत्वको नेता तथा कार्यकर्ता

खोटाङ । खोटाङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता जनश्रममा जुटेका छन् । ‘उत्पादनमा जोड दिऔं, आत्मनिर्भर बनौं’ भन्ने पार्टीको नीति अनुसार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित रावाखोला किनारमा रहेको कटहरे बेँसीमा धान भित्र्याउन व्यस्त बनेका हुन् ।
पार्टी कमिटीलाई आत्मनिर्भर बनाउने नीति अनुसार गत चैतमा चार रोपनी खेतमा रोपाई गरिएको नेपाल कम्युनिस्ट पार्टीका खोटाङ इन्चार्ज सञ्जीव थापा मगरले बताए । धान झार्नका लागि उनीहरूले मेसिन प्रयोगमा ल्याएका छन् ।
धान काट्न, झार्न र प्याक गर्नमा केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी, किरात राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक जीवन राई, खोटाङ इन्चार्ज थापा मगर, सचिवालय सदस्य चक्रबहादुर खत्री, जनस्वयंसेवकका संयोजक कमल थापा लगायत सहभागी छन् । बुढाथोकीमाथि भने सरकारले पक्राउ पुर्जी जारी गरेको अवस्था छ ।
नेपाल कम्युनिस्ट पार्टीले स्थानीयको खेत कमाउन मागेर धान खेती लगाएका हुन् । आगामी दिनमा जिल्ला कमिटी चामल र तरकारीमा आत्मनिर्भर बनेको थापा मगरले बताए ।
यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरी डाँडामा आलु खेती लगाएको नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ । २/३ मुरी आलु भण्डारण गरिएको थापा मगरले बताए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया