बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार, राजनीतिक नेतृत्वलाई जोगाएर विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
उक्त कार्यक्रमका लागि साइकल खरिदका क्रममा आर्थिक अनियमितता भएको भन्दै आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल, शाखा अधिकृत राम स्वार्थ महतो, खरिदार जित मोहन कुमार दास र ओम सत्य साई प्रालिकी प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले भुसाल, झा, मण्डल र अग्रवालविरु४ जनही १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो दाबी गर्दै हदैसम्मको सजायको माग राखी मुद्दा दायर गरेको हो । महतो र दासविरुद्ध भने बिगो दाबी गरिएको छैन ।
मधेस प्रदेश सरकारले उक्त कार्यक्रममा लागि खरिद गरिएका २७ हजार साइकलको रकममा अनियमितता भएको बताइएको छ । ती साइकल पहिलो चरणमा १० र दोस्रो चरणमा १७ हजार साइकल खरिद गरी वितरण भएको थियो ।
१७ हजार साइकल खरिद गर्दा तोकिएको ब्रान्डलाई छाडेर ब्रान्ड नै नखुलेको साइकल खरिद गरिएको र १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको भन्दै आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात कब्जामा लिएको थियो । त्यही अभियोगमा मुद्दा दायर भएको हो ।
अख्तियारले मुख्यमन्त्रीको कार्यालयबाट कार्यान्वयन भएको यो कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गर्दा राजनीतिक नेतृत्वलाई भने जोगाएको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया