शनिबार, फागुन २, २०८२

सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी प्रयोग गरिनु संविधान विपरित : बार

मेरोन्यूज २०७९ साउन १९ गते १३:२१

काठमाडौं । नेपाल बार एसोसिएसनले सवारी सधानको नम्बर प्लेटमा अंग्रेजी शब्द प्रयोग गर्नु संविधान विपरित हुने बताएको छ । जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसाथ गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्ष रुपमा अंग्रेजी भाषा सवारी सधानको नम्बर प्लेटमा प्रयोग कुनै पनि हिसावले गर्ने नमिल्ने नेपाल बार एसोसिएसनले बताएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बार एसोसिएसनका महासचिव अधिवक्ता अन्जिता खनालले बिहिबार एक बक्तब्य जारी गदैं संविधानले नै संवैधानिक व्यवस्था गरी भाषालाई संवैधानिक संरक्षकत्व प्रदान गरिएको स्मरण गराउँदै संवैधानिक व्यवस्थाको प्रतिकूल हुने गरी अन्य भाषा नेपालको सरकारी कामकाजको भाषाको रुपमा सरकारी कार्यालयरनिकायले प्रयोग गर्न नसक्ने बताएकी छिन् ।

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विशिष्टतायुक्त एकताबद्ध राष्ट्र रहेको र भाषा जुनसुकै मुलुकको पहिचान र राष्ट्रिय गौरवको विषय हुने भएकोले हरेक राज्यले आफ्नो भाषा–सँस्कृति, भेष–भुषाको संरक्षण गर्नु प्रमुख दायित्व बन्ने महासचिव खनालले वक्तब्यमा उल्लेख गरेकी छिन् ।

‘भाषाका माध्यमबाट मानवीय अभिव्यक्ति वा विचारलाई सम्प्रेषण गर्ने वा सञ्चार गर्ने गरिन्छ । तदनुरुप नेपालको संविधानको धारा ६ मा “नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन् ।” भन्ने .. ऐ. धारा ७ मा “देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।” भन्ने र त्यस्तै ऐ. ७९२० “नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ ।” भन्ने संवैधानिक व्यवस्था गरी भाषालाई संवैधानिक संरक्षकत्व प्रदान गरिएको छ । खनालले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।

हेर्नुहोस वक्तब्य

प्रतिक्रिया