भिभो भी २१ ईको मूल्य घट्यो, अब मात्र ३७,९९९ मा

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड, भिभोले आज आफ्नो सर्वाधिक रुचाइएको स्मार्टफोनमध्ये एक भी२१ई को मूल्य घटाएको छ । भी२१ई को मूल्य दुई हजार रुपैंयाले घटेको छ र यो अब नयाँ मूल्य रु ३७,९९९ मा उपलब्ध हुनेछ । यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इकमर्समा लागू हुनेछ ।
भिभो नेपालका सीईओ माइकलले भने, “भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन सधैं उत्साहित छौं र यो मूल्य घटेको घोषणासंगै नेपाली ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्ने आशा गर्छौं । भी२१ई एक सुविधायुक्त स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूलाई उनीहरूका सबै विशेष क्षणहरू खिच्न उत्कृष्ट फ्रन्ट क्यामेरा प्रदान गर्दछ । भिभोमा, हामी हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट प्रविधिहरू प्रदान गर्न निरन्तर तत्पर छौं ।”
भी२१ई मा ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ । यसमा एआई नाइट पोट्रेट समावेश भएकाले उत्कृष्ट फोटो र भिडियोहरु लिन सकिन्छ । यसको उत्कृष्ट–इन–क्लास फ्रन्ट क्यामेरा हार्डवेयर, अत्याधुनिक सफ्टवेयर र अटोफोकस सुविधाहरूको कारण स्पष्ट तस्वीरहरू, राम्रो नाइट शटहरू, र फोर के गुणस्तरमा अल्ट्रा–स्टेबल भिडियोहरू लिन सकिन्छ । शक्तिशाली ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेराको एफ/२.० एपर्चरको साथे प्रकाश सीमित भएको वातावरणमा पनि राम्रो परिणाम दिन्छ । एआई नाइट पोट्र्रेटको साथमा, मल्टी–फ्रेम नोइज रिडक्सन एल्गोरिथ्म र एआई हाई–डेफिनिशन टेक्नोलोजी संयोजन गरिएको छ जसकारण प्रयोगकर्ताहरूलाई उत्कृष्ट नाइट फोटो खिच्न सजिलो हुन्छ ।
डुअल–भ्यू भिडियो, स्लो–मो सेल्फी भिडियो, फोर के सेल्फी भिडियो, र स्टेडिफेस सेल्फी भिडियो जस्ता उच्च–स्तरीय विशेषताहरूले प्रयोगकर्ताहरूलाई चाहेजस्तो परिणाम दिन्छ । एकै समयमा, प्रभावशाली ६४एमपी नाइट क्यामेराले क्रमशः म्याक्रो फोटोग्राफी, वाइड–एंगल र थप जटिल शटहरू सहित उत्कृष्ट इमेज क्वालिटी प्रदान गर्दछ ।
फोनको फ्रन्टमा सहज भिजुअल इफेक्ट, कम मोसन ब्लर, र समग्रमा उत्कृष्ट दृश्य अनुभवको लागि एचडीआर१० सँग भाइब्रन्ट ई३ एमोलेड डिस्प्ले छ । यसको अल्ट्रा–स्लिम बडी ७.३८ एमएम पातलो छ र तौल केवल १७१ ग्राम रहेको छ । यो दुई आकर्षक रंग – रोमन ब्ल्याक र डायमंड फ्लेयर रंगमा उपलब्ध छ । भी२१ई मा क्वालकम स्न्यापड्रेगन ७२०जी प्रोसेसर छ जुन ८जीवी र्याम र १२८जीवी रोममा, ३जीवी एन्सटेन्डेबल र्यामको साथ आउँछ । यो इमर्सिभ गेमिङ अनुभवको लागि अल्ट्रा गेम मोडको साथ आउँछ । ३३ वाट फ्ल्यास–चार्ज सुविधाको साथ प्रयोगकर्ताहरूले निर्धक्क भएर आफ्नो कार्यहरु गर्न, फोटोहरु खिच्न, गेम खेल्न सक्छन् । रु दुई हजारले मूल्य घटेसंगै भी२१ई देशभरको रिटेल स्टोर र इकमर्समा उपलब्ध छ ।













एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया