शनिबार, फागुन २, २०८२

मिति घोषणासँगै निर्वाचन प्रक्रिया सुरु, यस्ता छन् आयोगले तत्काल अघि बढाउने काम

मेरोन्यूज २०७९ साउन १९ गते १८:०८

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सुरु भएको बताएको छ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार पत्रकार सम्मेलन गर्दै आयोगले शुक्रबारदेखि नै निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिएको हो।

सामान्य रुपमा निर्वाचनका लागि आयोगलाई १२० दिन आवश्यक हुने भएपनि मंसिर ४ सम्म १०७ दिन मात्रै उपलब्ध भएकाले तत्काल प्रक्रिया सुरु गरिहाल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

प्रवक्ता पौडेलका अनुसार आयोगले तत्काल यी कामहरु अघि बढाउनेछः

१. मतदाता नामावली प्रदेश, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलनको काम साउन २० गतेदेखि स्थगित हुनेछ।

२. अनलाईन माध्यमबाट मतदाता नामावली संकलनका लागि अनलाईन फाराम भरी औंठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएको व्यक्तिहरुको हकमा साउन २१ गतेसम्म औंठाछाप र फोटो लिने व्यवस्था गरिएको छ।

३. मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन गरी अध्यावधिक गरिनेछ।

४. संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गरिनेछ।

५. निर्वाचन ऐन बमोजिम निर्वाचन कार्यतालिका स्वीकृत गरी आवश्यक कार्य गरिनेछ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन कार्यलय स्थापना गरी यथाशिघ्र कार्य सुरु गरिनेछ।

६. निर्वाचनका लागि आवश्यक जनशक्ति आकलन गरी विवरण संकलन तथा अद्यावधिक गरिनेछ।

७. निर्वाचनका लागि आवश्यक बजेट तर्जुमा गरी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि व्यवस्थापन निर्देशिका तयारी गरी सहमतिका लागि यथाशिघ्र अर्थमन्त्रालय पठाइने छ।

८.निर्वाचन पर्यवेक्षण निर्देशिका स्वीकृत गरी निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई आह्वान गर्ने प्रक्रिया शिघ्र पारम्भ गरिनेछ।

९. निर्वाचन प्रयोजनका लागि आवश्यक विभिन्न निर्देशिका, कार्यविधि तथा मापदण्ड स्वीकृत गरी कार्यान्वयन ल्याइनेछ।

प्रतिक्रिया