युवराज अधिकारीलाई बचाउन पूर्वप्रधानमन्त्री खनालको बढ्दो सक्रियता

काठमाडौ । नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामीना, नियमका कर्मचारी माथी दुरब्यबहार लगायतका आरोपमा आफू बिरुद्ध जाचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएका छन् । अध्यक्ष अधिकारी बिरुद्ध ५२ वटा आरोपबारे छानबिन गर्न मन्त्री परिषदले पर्यटन सचिब महेश्वर न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिका अध्यक्ष न्यौपानेले आफूलाई अध्यक्ष अधिकारीकाले आर्थिक प्रलोभन दिनुका साथै पूर्व प्रधानमन्त्री झलनाथ खनाल मार्फत छानबिन प्रतिबेदन रोक्न बारम्बार दवाब समेत दिएको मन्त्रालय स्रोतले बताएको छ ।
पर्यटन सचिब न्यौपानेको समितिले तयार पारेको प्रतिबेदनमा ५० अर्ब ऋणमा डुबेको निगमलाई नेतृत्व गर्न अधिकारी चुकेको र अधिकारी स्वय पनि आर्थिक र नैतिक रुपमा समेत बारम्बार चुकेका ब्यक्ति हुन् । सार्वजनिक पद धारण गरेको पदाधिकारीमा हुनुपर्ने ब्यबसायिक चरित्र र पद अनुकुल आचरण नहरेको प्रतिबेदनमा उल्लेख भएको स्रोतको दाबी छ । पर्यटन सचिब न्यौपानेको समितिले २९ दिन लगाएर तयार पारेको प्रतिबेदन पर्यटन मन्त्री जिवनराम श्रेष्ठलाई बुझाएको छ । मन्त्री श्रेष्ठको सचिबालयले भने प्रतिबेदनको अध्यन भईरहेकोले कानुन बमोजिम कारबाही गर्न पछि नहटने बताउँदै आएको छ ।
समितिले दिएको प्रतिबेदनमा कतारको दोहामा रहेको निगमको न्यारोबडी इन्जीन मर्मत र ठेक्कामा समेत अनमियताता गरेको ठहर गरेको छ । ठेक्का दिददा सार्वजनिक खरिद एन पालना नगरेको तथा कोभिडको बेला चाटर उडानको बक्यौता रकम असुल्न नसकेको र त्याबाट अधिकारी आर्थिक लाभ लिएको हुनसक्ने प्रतिबेदनमा उल्लेख गरेको छ ।
यतिमात्र हैन नियमको बिनिमय तथा प्राबधान बिपरित पदस्थापना तथा सरुवा गर्ने गरेको, सुरक्षा गार्ड नियुक्त गर्दा समय सिमाको ख्याल नगरेको लगायतका ५२ बटा आरोप लागेका छन् । अधिकारीलाई लागेको आरोपको कुनै पनि खण्डन गर्न आधार अधिकारी सँग नरहेकोको निगम स्रोतले बताएको छ । पर्यटन सचिब न्यौपानेको समितिलाई १०बटा बियषयमा छानबिन गर्न भनेर मन्त्रालयकै सह सचिब बाबुराम सुबेदी र बिमानस्थालमा महाप्रबन्धक प्रेमनाथ ठाकुर सहितको समिति गठन गरेको थियो ।













एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया