विमानस्थलमा प्रहरीको गलत अभ्यासः ठगी आरोपी पक्राउ गर्न आतंककारी रहेको हल्ला

काठमाडौं । बुधबार दिउँसो १ बजेर १० मिनेट जाँदा नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाज यात्रु बोकेर मुम्बई उडानको क्रममा धावनमार्ग तिर जाँदै थियो । यात्रुहरुहरु सबै विमानभित्र प्रवेश गरेर ढोका ‘लक’ भई धावन मार्गतर्फ जाँदै गर्दा विमान चालकलाई नेपाल प्रहरीको टोलीले शंकास्पद व्यत्तिः विमानमा रहेको भन्दै विमान रोक्न लगायो ।
जबकि विमानभित्र रहेका सबै यात्रु चेकजाँच गरेर पसेका मात्र होइन विमानको ढोका नै ‘लक’ भैसकेको थियो । ‘ पाइलटले ढोका लक भइसकेको भन्दै ढोका खोल्न आनाकानी गरे । उनले सामान्य घटनामा अब ढोका खोल्न नमिल्ने जिकिर गरे । पाइलटले आनकानी गरेपछि प्रहरीले त्यो शंकास्पद व्यक्ति आतंककारी पनि हुन सक्ने भन्दै ढोको खोल्नै पर्ने अड्डी लियो । प्रहरीको त्यो भनाईसँगै पाइलटले घटना गम्भिरनै हुनसक्ने भन्दै ढोका खोले । केही क्षणमै प्रहरीले भनेको आतंकारी हुन सक्ने भन्ने शब्दकै आधारमा मिडियामा समाचारहरु आए । जसले देशभित्रमात्रै होइन भारतदेखी विश्वभर क्राशको सृजना गर्यो । तर प्रहरीले त्यहाँ आतंकारी होइन ठग पक्राउ गर्न पुगेको पछि खुल्यो ।
ढोका लक भैसकेपछि ठगी आरोपी पक्राउ गर्न प्रहरीले जुन हर्कत गर्यो त्यो गलत प्रकृया भयो’, सुरक्षा निकायका एक अधिकारीले भने । त्रिभुवन विमानस्थलमा सुरक्षा गार्डले बोक्ने सञ्चार सेटबाटै त्यो विमानमा शंकास्पद व्यक्ति रहेकाले तत्कालै रोक्ने आदेश गएसँगै नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी तत्कालै पुगेका थिए । त्यतिमात्र होइन विशेष व्यूरोमा कार्यरत डिआइजी अशोक सिंह आफै विमानस्थल पुगे । जसले गर्दा विमानभित्र आतंककारी रहेको जस्तो भान गराइएको थियो । ‘एउटा मानिस पक्राउ गर्नुछ भनेको भएपनि विमान रोकिन्थ्यो तर सबै यात्रुलाई बाहिर उतारेर दम्पत्तिलाई लिएर गइयो, दम्पत्ति बाहिर निकालिदिनु भनेको भए अरु यात्रुलाई दुख नदिई उहाँहरुलाई पठादिन्थ्यौ’, विमानस्थलमा रहेका नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पठाएको सूचना अनुसार विमानस्थल प्रहरीलाई जहाजमा रहेका दुई जना शंकास्पद व्यक्ति पक्राउ गर्नुपर्ने थियो । ठगी आरोपी हुन भन्ने जानकारी हुँदा हुँदै विशेष व्यूरो नै परिचालित हुनु त्यसका पनि व्यूरो प्रमुख आफै जानुले विमानस्थलमा आतक फैलिएको थियो । त्यसमाथि नेपाल प्रहरीको विशेष व्यूरोको टोली नपुग्दासम्म शंकास्पद व्यक्तिलाई बाहिर निकाल्ने हिम्मत गरिएको थिएन । त्यसको कारण थियो– विमानमा आतंककारी रहेको जानकारी हुनु । ‘विमानस्थलमा आतंकारी रहेको जानकारी आयो तर विमानस्थल पुगेपछि मात्रै कैलाली प्रहरीले सुन व्यापारी भएको जानकारी दिइयो’, विशेष व्यूरोमा कार्यरत एक प्रहरी अधिकारीले भने ।
उनका अनुसार जहाजबाट श्रीमतीसहित मुम्बईतर्फ उड्न लागेका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने प्रहरीको विशेष ब्यूरोको टोलीबाट पक्राउ गरिए । ‘घट्नामा विशेष व्यूरोका प्रहरी परिचालन निकै त्रुटीपूर्ण छ, यसले प्रहरीको सूचना र अनुसन्धान गर्ने तहको मापन हुन्छ’, लामो समयदेखि विशेष व्यूरोमा कार्यरत प्रहरीले भने । उनका अनुसार सुनचाँदी व्यवशायी वा कुनै पनि व्यक्ति पक्राउ गर्ने जिम्मेवारी सम्बन्धित कार्यालयको हो तर बुधबार विशेष व्यूरोलाई गलत रुपले प्रयोग गर्न खोजियो ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले लामिछाने अन्य गतिविधिमा भन्दा भन्सार छलीको सुन किनबेचमा संलग्न व्यक्ति भएकाले कैलाली प्रहरीको सूचना अनुसार पक्राउ गरिएको बताए । हालका प्रहरी प्रवक्ता राई आफै पनि लामो समय विशेष व्यूरोमा बसेर काम गरेका अधिकारी हुन् । ‘विशेष व्यूरोका प्रहरीलाई त्यहाँ किन पठाइयो यो बारे मलाई थाह भएन’, उनले भने ।
सन्तोष श्रीमती मीनासहित उक्त जहाजमा मुम्बई जान तयार थिए । प्रहरीका अनुसार सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघका सदस्यसमेत उनलाई अन्य आतंकवादी या शंकास्पद गतिविधिमा लागेको आधारमा पक्राउ गरिएको होइन । तर पनि विशेष व्यूरोको टोली किन त्यहाँ लगियो भन्नेबारेमा प्रहरीसँग कुनै जवाफ छैन । प्रहरीले यसअघिदेखि नै उनीहरुको कारोबारलाई लिएर शंकाको नजरले हेरिरहेको थियो । प्रहरीले यसअघिदेखि नै गरेको अनुसन्धानका आधारमा उनलाई पक्राउ गरेको हो । कैलाली प्रहरीमा परेको उजुरीकै आधारमा उनी जहाजभित्रबाट बाहिर ल्याइएको हो । उनी ठगीमा संलग्न रहेको उजुरी पनि कैलाली प्रहरीमा दर्ता भएको थियो । कैलाली प्रहरीले विमानस्थल प्रहरीलाई स्पष्ट रुपमा ठगी आरोपीलाई पक्राउ गर्नुपर्ने सूचना दिएको थियो ।
















दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया