आँधिखोला लघुवित्तले बढायो मुनाफा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संस्थाको खुद नाफा ११।०१५ ले बढेर ४ करोड ५५ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ४ करोड १० लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी सामान्य बढेको छ ।
सञ्चालन नाफा भने ३५५ ले बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि हुँदा यसको सकारात्मक प्रभाव खुद मुनाफामा परेको हो । यो लघुवित्तले १ करोड १६ लाख १८ हजार रुपैयाँ राइट ब्याक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ४६२५ ले धेरै हो । राइट ब्याकले पनि यसको नाफा बढ्न सहयोग गरेको छ ।
असार मसान्तसम्म आइपुग्दा आँधिखोलाको रिजर्भ कोष ३४।९५५ ले बढेको छ । यसको रिजर्भमा १० करोड ८२ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा ८ करोड १ लाख ८१ हजार रुपैयाँ जम्मा भएको थियो । यसको कस्ट अफ फन्ड भने बढेको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ २० पैसा छ ।















दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया