आँधिखोला लघुवित्तले बढायो मुनाफा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संस्थाको खुद नाफा ११।०१५ ले बढेर ४ करोड ५५ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ४ करोड १० लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी सामान्य बढेको छ ।
सञ्चालन नाफा भने ३५५ ले बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि हुँदा यसको सकारात्मक प्रभाव खुद मुनाफामा परेको हो । यो लघुवित्तले १ करोड १६ लाख १८ हजार रुपैयाँ राइट ब्याक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ४६२५ ले धेरै हो । राइट ब्याकले पनि यसको नाफा बढ्न सहयोग गरेको छ ।
असार मसान्तसम्म आइपुग्दा आँधिखोलाको रिजर्भ कोष ३४।९५५ ले बढेको छ । यसको रिजर्भमा १० करोड ८२ लाख ४ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा ८ करोड १ लाख ८१ हजार रुपैयाँ जम्मा भएको थियो । यसको कस्ट अफ फन्ड भने बढेको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ २० पैसा छ ।













Death toll rises to 35 in Philippine dumpsite collapse
One person killed, another injured in motorcycle accident
Gold price increases by Rs 600 per tola
३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया