धरानका मेयर हर्क साम्पाङविरुद्ध एमाले केन्द्रीय सदस्यको उजुरी

धरान । धरानका मेयर हर्क साम्पाङविरुद्ध एमालेकी केन्द्रीय सदस्य तथा निर्वतमान उपमेयर मञ्जु भण्डारीले साइबर ब्यूरोमा उजुरी दर्ता गरेकी छिन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं धरान उपमहानगरकी निवर्तमान उपमेयरजातिय सद्भाव विथोल्ने गरी मेयर साम्पाङले आफुविरुद्ध अभियान चलाएको भन्दै उनले मेयर राईलाई कारवाहीको माग गदै साइबर ब्यूरोमा उजुरी दर्ता गरेकी हुन् ।
केही दिन अघिदेखि मेयर साम्पाङले उनको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’बाट सामाजिक तथा जातीय सदभाव बिथोलिने गरी मञ्जु भण्डारीविरुद्ध बनाइएका फेक स्टाटसको स्क्रिनसट राखेर पोस्ट गरेपछि उनले साइबर अपराधअन्तर्गत कारबाहीका लागि उजुरी दिएकी हुन् ।
नेकपा एमाले र आफूविरुद्ध मेयर साम्पाङ नै लागेपछि उजुरी गर्न बाध्य भएको बिहीबार धरानमा पत्रकार सम्मेलन गरेर उनले जानकारी दिएकी छिन् । यो आपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन् । केही दिनअघि मेयर हर्क साम्पाङले भण्डारीको तस्बिर जोडिएको फोटो पोस्ट गरेपछि भण्डारीले फेसबुकमार्फत नै मेयरलाई सचेत गराएकी थिइन् । तर, बिहीबार बिहानै मेयर साम्पाङले भण्डारीको नाममा बनेको फेक स्टाटसलाई सेयर गरेका थिए।
भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको पत्रकार सम्मेलनमा जानकारी दिइन् । ‘जातीय द्वन्द्व निम्त्याउने किसिमको विषयवस्तु राखेर फेक स्टाटस बनाएर स्क्रिनसट गरी जातीय र साम्प्रदायिक हिंसा भड्काउने उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री मेयर साम्पाङले पोस्ट गरेकोप्रति पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ भण्डारीले भनिन्, ‘यस्तो गलत काम मेयरबाट जनताले आशा गरेका थिएनन् । उहाँ मेरो चरित्र हत्या गर्न लागेको देखियो ।’
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया