शनिबार, फागुन २, २०८२

३ बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई ५ पार्टीको माग

मेरोन्यूज २०७९ साउन २० गते १४:१०


काठमाडौं । केपी ओली प्रधानमन्त्री रहेका बेला तत्कालिन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न साना ५ कम्युनिष्ट पार्टी र एउटा मोर्चाले आग्रह गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

तीन बुँदे सहमति कार्यानवयन गर्ने, बन्दी नेता कार्यकर्ता रिहाई गर्ने र सवै मुद्दा खारेज गर्नुपर्ने माग उनीहरुले सरकारसँग गरेका छन् । केही दिन अगाडी मात्रै विप्लव सहितका नेता कार्यकर्तालाई सार्वजनिक रुपमा वारेन्ट पुार्जी अदालतले जारी गरेको थियो । त्यसको विरोधमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल राष्ट्रिय महाधिवेशन आयोजक समिति, नेपाल कम्युनिष्ट पार्टी र माओवादी कम्युनिष्ट पार्टी नेपाल तथा संयुक्त क्रान्तिकारी मोर्चाले वक्तब्य जारी गरेर विरोध जनाएको हो ।

‘यही साउन १६ गतेका दिन ललितपुर जिल्ला अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र सरकारका बीचमा भएको ३ बुँदे सहमतिलाई उल्लङ्घन गर्दै उक्त पार्टीका नेता र कार्यकर्ताहरुका विरुद्ध पक्राउ पुर्जी जारी गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’’संयुक्त वक्तब्यमा भनिएको छ,–‘सहमतिका बुँदाहरुलाई कार्यान्वयन गर्न सरकारले खासै चासो देखाएको छैन । सरकारको यस्तो क्रियाकलापबाट सरकार झनै फाँसीवादी बन्दै गएको प्रतित हुन्छ । सरकारले तत्कालै उक्त ३ बुँदे सहमति कार्यान्वयन गर्न, सबै नेता÷कार्यकर्तामाथि लगाइएका सबै मुद्दा खारेज गर्न र बन्दीहरुलाई तत्काल रिहाइ गर्न तपसिलका ५ पार्टी र १ मोर्चा जोडदार माग गर्दछौं ।’


हेर्नुहोस वक्तब्य

प्रतिक्रिया