शुक्रबारको अतिरिक्त समयमा पनि सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले आजदेखि शुक्रबार पूरा समय सेवा प्रवाह गर्न प्रारम्भ गरेको छ ।
आज २ः३० बजेदेखि ५ बजेसम्म मुद्दामा तोकिएको पेसीमा ६७ वटा मुद्दामा सुनुवाइ भएको र यसरी नियमतिरुपमा शुक्रबार थप समय काम गर्दा योजनाअनुरुप मुद्दामा फछ्र्योट दु्रतगतिमा हुने सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।
अदातलमा आज बिहान नै पेसी तोक्दा पुरक समयमा लागि छुट्टै पेसी तोकएिको थियो । अदालतमा अबदेखि न्यायाधीश र कर्मचारी सबैले शुक्रबार पूरा समय काम गर्ने भएका हुन् । सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्णबैठक (फूलकोर्ट) ले आजदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।
अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फछर्योट हुने विश्वास गरिएको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चारहजार ८१९ थान छ । त्यस्तै, दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेका छन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया