केही दिन अझै पानी पर्ने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर अझै केही दिन पानी पर्ने जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले ठूलो पानी पर्ने सम्भावना नभए पनि केही दिन मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार देशका पहाडी भू(भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानमान महाशाखाले जनाएको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
सुनकोसी, दुधकोसी र तमोर नदीको जलाधार क्षेत्रमा गएरातिदेखि ठूलो पानी परिरहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले आग्रह गरेको छ।
सप्तकोसीका सहायक नदीमा ठूलो बाढी आइरहेकाले सप्तकोसीको चतरा आसपासमा विशेष सतर्कता जरूरी रहेको केन्द्रले जनाएको छ ।यस्तै सिन्धुपाल्चोको गुमथाङ, धाप र नकोटे आसपास पनि भारी वर्षा भएको छ ।
मेलम्ची र वलेफी नदीमा बाढी आएकाले बिहान १० बजेसम्मै सतर्कता अपनाउन केन्द्रको आग्रह छ।
धनकुटाको मछुवाघाट र त्रिवेणी सोलुखुम्बुको सोलुखोला र साल्मे क्षेत्रमा पनि राती भारी वर्षा भइरहेको छ।
यस्तै, दोलखाको तामाकोसी नदी पनि सतर्कताको तह आसपास पुगेकाले सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।
आइतबार पनि देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै सोमबार प्रदेश एक र बागमती प्रदेशको केही भू-भागमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।















नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया