नेसपाको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा.बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले केन्द्रीय समितिको अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको हो । पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली रहेको छ ।
बैठकले पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ भने महासचिवमा रमेश यादवलाई चयन गरेको छ ।
बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ । प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा। जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन् ।
















भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया