जुम्लाका तीन वटा पालिकाले अझै पेस गरेनन् बजेट
मेरोन्यूज
२०७९ साउन २१ गते १९:०२

जुम्ला । पालिकाले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साइटमा बजेट पेस (अपडेट) गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
तर, जुम्लाका तीन वटा पालिकाले अझै मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरेको देखिँदैन । पालिकाले असार १० गतेसम्म गाउँ तथा नगर सभा गरेर असार मसान्तसम्म मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरिसक्नुपर्छ । तर, जुम्लाको चन्दनाथ नगरपालिका, पातारासी र हिमा गाउँपालिकाले बजेट अपलोड गरेका छैनन् ।
पालिकाले समयमै बजेट पेस नगरेर आफ्नो दायित्व र कर्तव्यबाट पछि हटेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले बताए । देशभरका सात सय ५३ वटा पालिकामध्ये अझै एक सय १५ वटा पालिकाले बजेट पेस गरेका छैनन् ।
सम्बन्धित














एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया