सडक कालोपत्रे चाँडो गर्न गाउँपालिका अध्यक्षको दबाब

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम चाँडो पुरा गर्न ठेकेदारलाई दबाब दिएका छन् । उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पार्ने निर्माण कम्पनीमध्ये मैनाचुलीका सञ्चालक मदन अधिकारीलाई भेटेर कालोपत्रेको काम तीव्र गतिमा गर्न दबाब दिएका हुन् ।
शनिबार काठमाडौंमा भएको भेटमा अधिकारीले अविलम्ब कालोपत्रेको काम अघि बढाउने र चाँडो काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिका अध्यक्ष राईले सडक कालोपत्रेका क्रममा कामदारले लामो समयसम्म भुक्तानी नपाएको विषयमा पनि प्रश्न उठाएका थिए ।
२०७७ साल असारमा पुरा गर्नेगरी भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभी तथा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ठेक्का लिएको सडक कालोपत्रेको काम अलपत्र छ । महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भन्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ ।
भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ ।
यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भन्ज्याङ–फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगति भएको छ । ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्रे भइसक्नुपर्ने बेला सडकमा वर्षामा हिलाम्मे र हिउँदमा बुङबुङ धुलो उड्ने गरेको छ । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी सहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो । सम्झौता म्याद गुज्रिदा समेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लावासीले सास्ती खेप्नु परेको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया