भारतमा मंकीपक्स पुष्टि भइसकेको हुदाँ नेपालमा जोखिम बढ्यो, सचेत बनौं

काठमाडौं । नेपालमा मंकीपक्सको जोखिम अत्यधिक रहेको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले जनाएको छ । विश्वका विभिन्न देशसंगै छिमेकी मुलुक भारतमा समेत मंकीपक्स पुष्टि भइसकेको अवस्थामा नेपालमा जोखिम बढेको भन्दै न्युनीकरणका लागि काम भईरहेको डब्लुएचओले जनाएको हो ।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपाल आयोजना र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित कोभिड १९ महामारी तथा मंकीपक्सको वर्तमान अवस्था र तयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवले मंकीपक्सलाई नजिकबाट नियालिरहेको बताए। उनले मंकीपक्स छिमेकी मुलुक भारतमा देखिएर मानिसको ज्यान समेत लिईसकेको अवस्था रहेको भन्दै नेपालले सावधानीमा जोड दिनुपर्ने बताए ।
उनले भने, ‘नेपालमा हालसम्म मंकीपक्सको केस भेटिएको छैन। तर पनि यसको जोखिमलाई हामीले नजिकबाट नियालिरहेका छौँ। अहिले नेपालमै मंकीपक्सको परीक्षण हुने हुन्छ। त्यसैले केस भेटिएपनि परीक्षणमा समस्या छैन।’
त्यसैगरी, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले नेपालमा अहिलेसम्म शंकास्पद चारको नमुना परीक्षण गरिएको तर उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको बताए ।
अहिले मंकीपक्सको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुदै आएको समेत उनले जानकारी दिए । उनका अनुसार मंकीपक्सको परीषणका लागि डव्लुएचओले २५० वटा टेष्टकिट उपलव्ध गराईसकेको छ । उनले देशका १६ वटा ठूला सरकारी अस्पताललाई मंकिपक्सको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिएको भन्दै त्यहाँका १६ जना डर्माटोलोजिष्टलाई यसको विज्ञको रुपमा खटाइएको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा.भक्तबहादुर केसीले कोभिड १९ को संक्रमण बढिरहेको र नयाँ प्रकोपको रुपमा मंकीपक्स थपिएको अवस्थाले स्वास्थ्य क्षेत्रमा चुनौती थपिएको बताए ।
डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा चथुरा इदिरीसुरियाले अफ्रिका, युरोप, मध्यपूर्वी एसिया देशबाट पनि नेपालमा पर्यटक आउने सक्ने भएकाले जोखिम बढेको जानकारी दिए ।
उनका अनुसार मङ्कीपक्सबाट मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, निययमितरूपमा साबुन पानीले हात हुने वा सेनिटाइजर प्रयोग गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने, सङ्क्रमित व्यक्तिको लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानी, साबुन वा डिटर्जेन्टले धुने गर्नुपर्दछ ।
मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले पिसिआर परीक्षण गर्ने, सङ्क्रमितको सम्र्पकमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने र फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपदछ ।













समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
प्रतिक्रिया