बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५।४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी २३।७८ प्रतिशत र सञ्चालन नाफा ०.२६ प्रतिशतले बढेको छ । यसको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.१८ प्रतिशत भएको छ । यसको १ रुपैयाँ १४ पैसाले बढेर १७ रुपैयाँ ०४ पैसा(वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७५ पैसा छ ।
बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंक १ः१ अनुपातमा मर्ज हुँदैछन् । दुवै बैंक एक आपसमा मर्जमा गएकाले २ असारदेखि सेयर कारोबार रोक्का भएको छ ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया