आइतबार, माघ ४, २०८२

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः श्रेष्ठ नियुक्त

मेरोन्यूज २०७९ साउन २३ गते १८:०२

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको १२० औँ बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् । उनी पुनः दोश्रो कार्यकालका लागि श्रेष्ठ नियुक्त भएका हुन् ।

२७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत रहेका उनको नेतृत्वमा करिब ७ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको थियो । सोही अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त गरेको भन्दै शुभकामना दिएका थिए ।

कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आईएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया