१० लाख जरिवाना ठहर भएका गुप्ता पक्राउ
मेरोन्यूज
२०७९ साउन २३ गते २१:१६
काठमाडौँ । नेपाल प्रहरीले अदालतबाट १० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च अदालत पाटनको ०७७ फागुन २३ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र १० लाख जरिवाना ठहर भएका युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौँको कपन बस्ने ३४ वर्षीय रोशनकुमार गुप्ता रहेका छन् । उनले आफ्नो सानिमा बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी बैंकिङजन्य कसुर गरेकाले कपनबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको ब्युरोले जनाएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया