पहिरोबाट विस्थापित १३ परिवारलाई राहत

खोटाङ । नेपाल रेडक्रस सोसाइटी खोटाङले पहिरोपीडितलाई राहत प्रदान गरेको छ । वर्षापछि गत १७ असार राति गएको पहिरोबाट विस्थापित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका १३ परिवारलाई राहत प्रदान गरिएको हो ।
पहिरोबाट पूर्णरुपमा विस्थापित भएपछि डाँडाको खेतमा त्रिपाल टाँगेर बसिरहेका सावालुङका रामिरा राई, जीतबहादुर राई, कर्णबहादुर राई, भीमबहादुर राई, शारदा राई, धनकुमार विश्वकर्मा, पारश राई, युवराज श्रेष्ठ र साउधन राईलाई रेडक्रसले बन्दोवस्तीका सामग्री प्रदान गरेको हो ।
उनीहरुलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट भाँडा, आठ मिटर बुट्टे कपडा, एक थान कपडा, एक वटा बाल्टिन, दुई थान साडी, डोरी, एकरएक थान कपडा र एक सेट हाइजेनिक किट प्रदान गरिएको छ । यस्तै, पहिरोले घरमा सामान्य क्षति पुगेका मसिरी राई, पुरीमायाँ राई, वलराम राई र पर्शुराम राईलाई एक(एक थान त्रिपाल वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार वजिमयले बताए ।
ब्खबतबच













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया